जेठ ०३, २०८१, बिहीबार
               

पार्थिव पटेलद्वारा सबै किसिमका खेलबाट सन्यासको घोषणा

नेपाल फ्ल्यास
मंसिर २४, २०७७

ADVERTISEMENT

भारतीय क्रिकेटर पार्थिव पटेलले खेलाडी जीवनबाट सन्यास लिएका छन । उनले बुधबार सबै किसिमका खेलबाट सन्यासको घोषणा गरेका छन । विकेटकिपर ब्याट्सम्यान पटेलले १८ वर्षे खेल जीवनबाट विश्राम लिएका छन् ।

३५ वर्षीय पार्थिवले बुधबार सामाजिक सञ्जाल ट्वीटरमा लामो सन्देश राख्दै सन्यासको घोषणा गरेका हुन् । पार्थिवले भारतका लागि २५ टेष्ट, ३८ अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट र र २ टी- २० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । 

सन् २००२ मा इंग्ल्यान्डविरुद्ध टेस्ट खेलमा डेब्यु गरेका पटेल सबैभन्दा कम उमेरमा विकेटकिपर बनेका खेलाडी हुन् । उनले सन् २०१८ मा दक्षिण अफ्रिकासँग अन्तिम टेस्ट खेल र सन् २०१२ मा श्रीलंका विरुद्ध अन्तिम वन डे खेलेका थिए ।


कस्तो लाग्यो ?

यो पनि