जेठ ०३, २०८१, बिहीबार
               

टेबल टेनिसका लागि पावेलले गरे ३२ लाख सहयोग

नेपाल फ्ल्यास
मंसिर २४, २०७७

ADVERTISEMENT

स्जिरल्याण्डका राष्ट्रिय प्रशिक्षक पावेल रेहोरेकले नेपालका टेवलटेनिस खेलाडीहरूका लागि ३२ लाख बराबरको सहयोग गर्ने भएका छन् ।
पावेलले एभिएमका टेबलटेनिस खेलाडीका लागि उक्त रकम खर्च गर्न लागेको प्रशिक्षक पुरुषोत्तम बज्राचार्यले जानकारी गराए ।

पावेलको यो एभिएम स्कुलका खेलाडीहरूका लागि चौथो पटकको सहयोग हो । पावेलको सहयोगले एभिएमका स्कुलका खेलाडीहरूको स्तरोन्नतीमा निकैनै ठुलो मद्धत मिलेको प्रशिक्षक बज्राचार्यले बताए । यो रकम एभिएममा टेबलटेनिस हल निर्माणमा खर्च गर्नका लागि प्रदान गर्न लागिएको हो । प्राप्त रकम हलमा सुविधा युक्त चेन्जिङ्ग रुम, ट्वाईलेट, जिमहल, ईन्जुरी रिकभरीका लागि फिटनेश ट्रेनर राख्ने, हलभित्र प्रोफेसनल लाईटिङ्ग सिस्टम, फल्स सिलिङ्ग, कपबोर्ड तथा बाहिर प्रशिक्षणका लागि ३ वटा टेबलटेनिस बोर्डका लागि खर्च गर्न लागिएको हो ।

जसका लागि सम्पूर्ण डिजाईनहरू तयार भइसकेको र अर्को हप्तादेखि काम सुरु हुने प्रशिक्षक बज्राचार्यले बताए । यस सहयोगले एभिएमका खेलाडी मात्र नभई भविष्यमा प्रतिभावान खेलाडी उत्पादन गर्न समेत सहयोग पुग्ने प्रशिक्षक बज्राचार्यको विश्वास रहेको छ ।
जति धेरै सुविधा खेलाडीहरूले प्राप्त गर्नेछन् त्यतीनै सफलता पाउने पावेलको भनाइ छ । भविष्यमा पनि नेपाली राष्ट्रिय प्रशिक्षकहरूलाई प्रशिक्षण प्रदान गरी स्तर बृद्धि गर्ने र नेपालमा टेबलटेनिस खेलको विकास गर्ने उनको सोच रहेको छ । 

यसअघि पनि पावेलले एभिएमका टेबलटेनिस खेलाडीहरूको लागि सहयोग गर्दै आइरहेको प्रशिक्षक बज्राचार्यले बताए । श्रीलङ्काको भ्रमणका क्रममा पावेलको बारेमा जानकारी प्राप्त भएपछि सामाजिक सञ्जालमार्फत सम्पर्क गरी स्कुलका बच्चाहरूलाई प्रशिक्षण दिन अनुरोध गर्दा उनले त्यसलाई स्विकार्दै २०१७ मा नेपाल आगमन गरेको र स्कुलका खेलाडी विद्यार्थीहरूलाई प्रशिक्षण प्रदान गरेकाे हाे । 


कस्तो लाग्यो ?

यो पनि