जेठ ०४, २०८१, शुक्रबार
               

रहेनन् प्रशिक्षक सावेला, जसले बनाएका थिए मेस्सीलाई कप्तान

एजेन्सी
मंसिर २४, २०७७

ADVERTISEMENT

अर्जेन्टिनाको पूर्व खेलाडी तथा प्रशिक्षक एलेजान्द्रो सावेलाको निधन भएको छ । 

६६ बर्षको उमेरमा सावेलाको हृदयघातबाट निधन भएको बताइएको छ ।

बेलायती पत्रिका द सनका अनुसार गत महिनाको अन्तिम तिर उपचारका लागि अस्पताल भर्ना भएका थिए । तर पछि उनको हर्टअट्याकबाट निधन भएको बताइएको छ ।

सावेलाले अर्जेन्टिनालाई ब्राजिलमा भएको विश्वकपमा प्रशिक्षण गरेको थिए । जहाँ अर्जेन्टिना फाइनलमा पुगेको थियो । सावेलाले सन् १९८३ देखि ८४ सम्म खेलेका थिए । जसमा उनले देशका लागि ८ खेल खेलेका थिए ।

दुई साता अगाडी उनका साथी डिएगो म्याराडोनाको निधन भएको थियो । यी दुई खेलाडीले १९८० को दशकमा सँगै राष्ट्रिय टिमबाट खेलेका थिए ।

सावेलाले १९७४ मा लिभर प्लेटबाट ब्यवसायीक फुटबल खेलेका थिए । त्यसपछि उनी सेफिल्ड युनाइटेड र लिड्स युनाइेटडबाट खेलेका थिए ।

दक्षिण अमेरीकी देशका विभिन्न क्लवबाट खेलेका उनले १९८९ मा खेलाडी जीवनबाट सन्यास लिएका थिए । त्यसपछि उनले आफ्नो करियर प्रशिक्षकका रुपमा अगाडी बढाएका थिए ।

उनले प्रशिक्षकका रुपमा सन् २००९ मा पहिलो पटक अर्जेन्टिन क्लव एस्टुडियान्ट्सलाई प्रशिक्षण दिलाएका थिए । 

उनले सन् २०११ मा अर्जेन्टिनाको प्रशिक्षकका रुपमा काम गरेका थिए । उनले नै लियोनल मेस्सीलाई अर्जेन्टिनाको कप्तान बनाएका थिए ।

ब्राजिलमा २०१४ मा भएको विश्वकपमा टिमलाई फाइनलमा पुर्याएका सावेला विश्व च्याम्पियन प्रशिक्षक हुनबाट बञ्चित भएका थिए । फाइनलमा अर्जेन्टिना जर्मनीसँग एक शून्यले पराजित भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि