जेठ ०३, २०८१, बिहीबार
               

फुटबलमा बार्सिलोना युभेन्टससँग ३–० गोलले हार्यो

नेपाल फ्ल्यास
मंसिर २४, २०७७

ADVERTISEMENT

एजेन्सी । च्याम्पियन्स लिगअन्तरगतको फुटबल खेलमा इटालियन क्लब युभेन्टससँग बार्सिलोना ३–० गोलले हारेको छ । घरेलु टिम बार्सिलोनालाई युभेन्टसले ३–० गोलले हराउँदै शानदार जित हासील गरेको हो ।

स्पेनिस क्लब बार्सिलोनालाई हराउँदै युभेन्टस समूह ‘जी’ को विजेता समेत बन्न सफल भएको छ । युभेन्टसको उक्त जितमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेका थिए ।

त्यस्तै, वेस्टन म्याकेनले एक गोल थपेका थिए भने खेलको १२ औँ मिनेटमै बार्सिलोनाका रोनाल्ड एराउजोले डिबक्सभित्र रोनाल्डोलाई फोउल गरेपछि युभेन्टसले पेनाल्टी पाएको थियो । रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थिए ।

सो खेलको २० औँ मिनेटमा बेस्टनले गोल गरेपछि बार्सिलोनाविरुद्ध युभेन्टसले २–० गोलको अग्रता लिएको थियो । पहिलो हाफमा दुई गोलको अग्रता बनाएको युभेन्टसले दोस्रो हाफमा थप एक गोल गर्दा बार्सिलोनाले भने एक गोल पनि फर्काउन सकेन ।

बार्सिलोनाका क्लेमेन्ट लेङलेटले पेनाल्टी क्षेत्रमा ह्यान्ड गरेपछि युभेन्टसले दोस्रो पटक पेनाल्टी पाएको थियो । खेलको ५२ औँ मिनेटमा रोनाल्डोले दोस्रो पटक पेनाल्टीबाट गोल गर्दै युभेन्टसलाई ३–० गोलको अग्रता दिलाएका थिए ।

रोनाल्डो रहेको युभेन्टस र लियोनल मेस्सी रहेको बार्सिालोनाबीचको खेल निकै चासोको रुपमा लिइएको थियो। तर यी दुई खेलाडी आमनेसामने भएको खेल युभेन्टसले बार्सिलोनालाई उसैको भूमिमा पराजित गर्न पुग्यो । यसअघि भएको पहिलो खेलमा भने बार्सिलोनाले युभेन्टसलाई उसैको मैदानमा २–० गोलले पराजित गरेको थियो ।

जितसँगै युभेन्टस शीर्ष स्थानमा रहँदै समूह ‘जी’ को विजेता बनेको हो । युभेन्टसले ६ खेलबाट १५ अंक बनाएको छ । यस हारसँगै दोस्रो स्थानमा झरेको बार्सिलोनाको पनि ६ खेलबाट १५ अंक नै रहेको छ । 

यो पनि