जेठ ०४, २०८१, शुक्रबार
               

नेपालको पहिलो महिला अन्तराष्ट्रिय रेफ्री चन्द्रबन्दना राई

नेपाल फ्ल्यास
मंसिर २३, २०७७

ADVERTISEMENT

काठमाडौं । रेफ्री चन्द्रबन्दना राईले भलिबलको अन्तराष्ट्रिय रेफ्रीको मान्यता पाएकी छन्। अन्तराष्ट्रिय भलिबल महासंघ (एफआईभीबी) ले राईलाई अन्तराष्ट्रिय रेफ्रीको मान्यता दिएको जाकारी प्राप्त भएको छ ।

यो मान्यता पाएसँगै राई अन्तराष्ट्रिय रेफ्री हुने नेपालकी पहिलो महिला भएकी छन् । एफआईभीबीले नेपाल भलिबल संघलाई पत्र पठाएर राईलाई अन्तराष्ट्रिय रेफ्रीको मान्यता दिइएको जनाएको छ ।

यसअघि रेफ्री कुल बहादुर राना अन्तराष्ट्रिय रेफ्री बनेका थिए । यही नोभेम्बरमा बसेको बोर्ड बैठकले राई र रानालाई अन्तराष्ट्रिय रेफ्रीको मान्यता प्रदान गर्ने निर्णय गरेको एफआईभीबीले जनाएको छ ।

राई र राना अन्तर्राष्ट्रिय रेफ्रीमा बढुवा भएसँगै नेपालबाट यो मान्यता पाउनेको संख्या तीन पुगेको छ । यसभन्दा पहिले गौतम लासिवा मात्रै अन्तर्राष्ट्रिय रेफ्री थिए ।


कस्तो लाग्यो ?

यो पनि