जेठ ०३, २०८१, बिहीबार
               

लिभरपुलको शानदार जित

नेपाल फ्ल्यास
मंसिर २२, २०७७

ADVERTISEMENT

एजेन्सी- इंग्लिस प्रिमियर लिगमा लिभरपुलले शानदार जित हात पारेको छ ।

आइतबार राति भएको खेलमा लिभरपुलले वुल्भसमाथि ४–० गोल अन्तरको फराकिलो जित निकालेको हो ।

लिभरपुलको मैदान एन्फिल्डमा घरेलु टोलीलाई जिताउन मोहम्मद सालाह, जर्जिनियो विज्नाडम र जोइस माटिपले समान एक–एक गोल गरे ।

लिभरपुलले एउटा आत्मघाती गोल उपहारमा पाएको थियो ।

जितसँगै ११ खेलबाट २४ अंक जोडेको लिभरपुलले दोस्रो स्थानमा उक्लिएको छ । समान अंक भए पनि गोलअन्तरका आधारमा लिभरपुल टोटनहमभन्दा पछि परेको हो । वुल्भस भने १७ अंकका साथ दसौँ स्थानमा छ ।


कस्तो लाग्यो ?

यो पनि