जेठ ०४, २०८१, शुक्रबार
               

फुटबलमा लिभरपुलसँग वुल्भ्स ४–० गोलले पराजित

नेपाल फ्ल्यास
मंसिर २२, २०७७

ADVERTISEMENT

एजेन्सी । विश्व इंग्लिस प्रिमियर लिगअन्तरगत फुटबल खेलमा लिभरपुलसँग वुल्भ्स ४–० गोलले पराजित भएको छ । गएराति सम्पन्न भएको उक्त खेलमा लिभरपुलले वुल्भ्सलाई ४–० गोलले पराजित गरेको हो ।

घरेलु टिम वुल्भ्सको जितमा मोहम्मद सलाह, जर्जिनियो विज्नाल्डुम र जोइल माटिपले गोल गरे । एक गोल भने लिभरपुलले उपहार स्वरुप पाएको थियो । खेलको २४ औँ मिनेटमा नै गोल गर्दै सलाहले घरेलु टिमलाई अग्रता दिलाएका थिए ।

५८ औँ मिनेटमा जर्जिनियोले गोल गरेपछि लिभरपुलले २–० गोलको अग्रता लियो। खेलको ६७ औँ मिनेटमा माटिपले गोल गर्दै लिभरपुललाई ३–० गोलको अग्रता दिलाएका थिए । वुल्भ्सका नेल्सन समेडोले ७८ औँ मिनेटमा आत्मघाति गोल गर्दा लिभरपुलले ४–० गोलको अग्रता लिएको  थियो ।

त्यस्तै, इंग्लिस प्रिमियर लिगमै भएको अर्को खेलमा क्रिस्टल प्यालेसले वेस्ट ब्रुमलाई ५–१ गोलअन्तरले पराजित गरेको छ । वुल्भ्सलाई पराजित गरेसँगै लिभरपुल सो लिगको दोस्रो स्थानमा प्रवेश गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि