जेठ ०४, २०८१, शुक्रबार
               

टि-२० सिरिज भारतले जित्यो

नेपाल फ्ल्यास
मंसिर २१, २०७७

ADVERTISEMENT

भारतले अष्ट्रेलियासँगको तीन टि-२० आई सिरिज एक खेल अगावै जितेको छ । दोस्रो खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हराउँदै सिरिज जितेको हो ।

तीन टि-२० आई खेल सिरिजको पहिलो खेलमा भारत ११ रनमा विजयी भएको थियो । आइतबार जितका लागि १९५ रनको विजयी लक्ष्य पछ्याएको भारतले १९.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । 

मिचेल स्विपसनले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । एडम जाम्पाले ४ ओभरमा ३६ रन खर्चेर १ विकेट लिए । ड्यानियल साम्स र एन्ड्रयु टाईले एक एक विकेट लिए ।

त्यसअघि सिड्नी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाउँदै १९४ रन बनाएको थियो । पहिलो विकेटका लागि ओपनर डार्सी सर्ट र कप्तान म्याथ्यु वेडले ४.३ ओभरमा ४७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । 

तीव्र गतिका बलर टि नटराजनले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । शार्दुल ठाकुरले ४ ओभरमा ३८ रन खर्चेर १ विकेट लिए । युजभेन्द्र चहलले ४ ओभरमा ५१ रन खर्चेर १ विकेट लिए । तेस्रो टि २० खेल मंगलबार हुने छ ।


कस्तो लाग्यो ?

यो पनि