जेठ ०३, २०८१, बिहीबार
               

फुटबलमा लिड्स युनाइटेडलाई हराउँदै चेल्सी शीर्ष स्थानमा प्रवेश

नेपाल फ्ल्यास
मंसिर २१, २०७७

ADVERTISEMENT

एजेन्सी । इंग्लिस प्रिमियर लिगअन्तरगतको फुटबल खेलमा लिड्स युनाइटेडलाई ३–१ गोलले हराउँदै चेल्सी शीर्ष स्थानमा प्रवेश गरेको छ । शनिबार गएराति भएको उक्त खेलमा चेल्सीले लिड्स युनाइटेडलाई हराउँदै शीर्ष स्थानमा प्रवेश गररेको हो ।

घरेलु टिम चेल्सीको जितमा ओलिभर जिराउड, कर्ट जोउमा, र क्रिस्टियन पुलिसिकले गोल गरेका थिए । पहिलो हाफसम्म १–१ गोलको बराबरी खेलेको चेल्सीले दोस्रो हाफमा थप दुई गोल गर्दै जित हासील गरेको छ ।

खेलको चौथो मिनेटमा नै लिड्सका प्याट्रिक बामफोर्डले गोल गर्दै लिड्स युनाइटेडलाई १–० गोलको अग्रता दिलाएका हुन् । खेलको २७ औँ मिनेटमा ओलिभर जिराउडले गोल गरेपछि चेल्सीले १–१ गोलको बराबरी बनाएको हो ।

खेलको ६१ औँ मिनेटमा कर्ट जोउमाले गोल गरेपछि चेल्सीले २–० गोलको अग्रता लियो। खेलको अतिरिक्त समयमा क्रिस्टियन पुलिसिकले गोल गर्दै चेल्सीलाई ३–१ गोलको जित दिलाए। अर्को खेलमा बर्नेली र एभर्टनले १–१ गोलको बराबरी खेलेका छन्।
 

यो पनि