बैशाख १६, २०८१, आइतबार
               

मेस्सीको विषयमा बार्सिलोनाका प्रशिक्षकले गरे अन्तरिम अध्यक्षको आलोचना

एजेन्सी
मंसिर २०, २०७७

ADVERTISEMENT

बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले क्लबका अन्तरिम अध्यक्ष कार्लोस टस्केट्सको प्रतिक्रियाको आलोचना गरेका छन् ।

लियोनल मेस्सीको बिषयलाई लिएर अन्तरिम अध्यक्षले दिएको अभिव्यक्तिमाथि प्रशिक्षक कोम्यानले आलोचना गरेका हुन् ।

अन्तरिम अध्यक्ष टस्केट्सले लियोनल मेस्सीलाई आगामी समर ट्रान्सफरमा बेच्नुपर्ने धारणा राखेका थिए ।

उनले ३३ वर्षिय फरवार्डलाई बेच्न आवश्यक रहेको भन्दै त्यसले क्लबलाई आर्थिक रुपमा फाईदा पुग्ने बताएका थिए ।

मेस्सीको क्लबसँगको सम्झौता यस सिजनको अन्त्यसँगै सकिदैछ । उनी यस सिजनको अन्त्यसँगै क्लबबाट बाहिरिन सक्नेछन् ।

कोम्यानले भने, ‘मलाई मतलब छैन, क्लबको बाहिर के भनिएको छ । तर क्लब भित्र यस प्रकारको टिप्पणीले हामीलाई आफ्नो काम गर्न जुन चिज आवश्यकता छ, त्यो गर्न सहयोग गर्ने छैन ।’ 

उनले थपे, ‘हामी यो भन्न सक्दैनौ, बाहिर के भनिएको छ । तर भित्रको एक फरक कथा रहेको छ ।’ 

अर्जेन्टिनाका अन्तराष्ट्रिय खेलाडी मेस्सीले आफ्नो सम्पूर्ण करियर बार्सिलोनामा बिताएका थिए । उनले गत अगष्टमा क्लब छाड्न चाहेको बताएका थिए । सोही अनुसार आफुलाई निशुल्क क्लब छाड्न पाउने प्रावधान सक्रिय गरिदिन क्लबसँग अनुरोध गरेका थिए ।

तर क्लबले मेस्सीको माग अनुसार निशुल्क छाड्न नसकिने प्रष्ट पार्दै अर्जेन्टिनी फरवार्ड अनुबन्धनका लागि ७ सय मिलियन युरो तिर्नुपर्ने बताएको थियो ।

‘यदी त्यहाँ कोही आफ्नो भविष्यको बिषयमा निर्णय आवश्यक छ भने त्यो लियोनै हुन् ।’ कोम्यानले भने ।


कस्तो लाग्यो ?

यो पनि