जेठ ०४, २०८१, शुक्रबार
               

पहिलो टि–ट्वान्टी क्रिकेटमा भारत विजयी

नेपाल फ्ल्यास
मंसिर १९, २०७७

ADVERTISEMENT

अस्ट्रेलियमा भएकाे टि–ट्वान्टीमा सिरिज अन्तर्गत पहिलो  खेलमा भारतले जित निकालेको छ ।  शुक्रबार भएको खेलमा भारतले अष्ट्रेलियालाई ११ रनले पराजित गरेको हो ।  भारतले जितका लागि दिएको १६२ रनको निर्धारित लक्ष्य अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउँदै मात्र १५० रन बनायो । 

अष्ट्रेलियाका लागि कप्तान अरोन फिन्चले सर्वाधिक ३५ रनको योगदान गरे । त्यस्तै ड्रेकी सर्टले सर्वाधिक ३४ रन बनाउँदा मोइस हेनरीक्युसले ३० रन बनाए ।  बलिङतर्फ भारतका लागि युजभेन्द्र चहाल र टी नटराजनले समान तीन–तीन विकेट लिए । त्यस्तै दीपक चहारले एक विकेट लिए ।

 यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६१ रन बनाएको थियो । भारतका लागि केएल राहुलले ४० बलमा ५१ रनको योगदान गरे । भारतका लागि रवीन्द्र जडेजाले ४४ रन बनाउँदा सन्जु श्यामसनले २३ तथा हार्दिक पाण्ड्याले १६ रनको योगदान गरे ।  

बलिङतर्फ अष्ट्रेलियाका लागि मोइसेस हेनरिक्युसले सर्वाधिक तीन विकेट लिए । त्यस्तै मिचेल स्ट्राकले दुई विकेट लिँदा आदम जाम्पा र सोप्सनले समान एक–एक विकेट लिए । जितसँगै भारतले टि–ट्वान्टी सिरिजमा १–० को अग्रता बनाएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि