जेठ ०३, २०८१, बिहीबार
               

टी–२० क्रिकेट : पहिलो खेलमा अष्ट्रेलियालाई भारतको १६२ रनको लक्ष्य

नेपाल फ्ल्यास
मंसिर १९, २०७७

ADVERTISEMENT

भारत र अष्ट्रेलियाबीचको तीन खेलको टी–२० क्रिकेट सिरिज अन्तर्गतको पहिलो खेलमा भारतले अष्ट्रेलियालाई १६२ रनको लक्ष्य दिएको छ ।

अष्ट्रेलियाको क्यानबेरामा अष्ट्रेलियाले टस जितेर फिल्डिङ राजेपछि पहिले व्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १६१ रन बनाएको हो ।

भारतका लागि केएल राहुलले ५१, रविन्द्र जडेजाले ४४, सन्जु स्याम्सनले २३ र हार्दिक पाण्ड्याले १६ रन बनाए ।

बलिङतर्फ अष्ट्रेलियाका मोइज हेनरीक्वीजले तीन, मिचेल स्टार्कले दुई, मिचेल स्वेप्सन र आदम जम्पाले एक–एक विकेट लिए ।


कस्तो लाग्यो ?

यो पनि