जेठ ०३, २०८१, बिहीबार
               

टोक्यो ओलम्पिकमा थप २ अर्ब ४० करोड डलर खर्च हुने

नेपाल फ्ल्यास
मंसिर १९, २०७७

ADVERTISEMENT

कोरोनाभाइरस महामारीका कारण स्थगित भएको टोक्यो ओलम्पिक खेलको आयोजनाका लागि थप २ करोड ४० लाख अमेरिकी डलर खर्च लाग्ने आयोजक समितिले शुक्रबार जनाएको छ । 

आयोजक समिति टोक्यो २०२० ले खेलमा भएको ढिलाईका कारण संचालन खर्चमा थप १ अर्ब ५० करोड डलर लाग्ने तथा कोरोनाभाइरसबाट खेलमा सहभागीलाई जोगाउन थप ९० करोड डलर खर्च हुने बताएको छ । यसै वर्ष २०२० मा हुनुपर्ने टोक्यो ओलम्पिक आगामी वर्ष सन् २०२१ मा हुँदैछ । 

डलर र जापानी येनको परिवत्र्य दरमा हुने फेरबदलले पनि लागत खर्च अरु बढाउने आयोजकको भनाइ छ । 

टोक्यो ओलम्पिक खेलमा लागत बढ्दै गएपछि जापानी नागरिकबीच मत विभाजन भएको छ । केहीले महामारीको अवस्थामा खेल आयोजना पूरै रोक्ने वा खेल नै रद्द गर्नेतर्फ जापान सरकारले ध्यान दिनुपर्ने बताउँदै आएका छन् । यद्यपी थप लागतको व्ययभार जापान सरकार, टोक्यो सहर र आयोजकले व्यहोर्ने सहमति भएको छ । 


कस्तो लाग्यो ?

यो पनि