बैशाख ०८, २०८१, शनिबार
               

नेपालसँग एशियाली खेलकुद आयोजनाको भोट माग्दै कतार

नेपाल फ्ल्यास
मंसिर १८, २०७७

ADVERTISEMENT

कतार ओलम्पिक कमिटीको प्रतिनिधि मण्डलले बिहीबार नेपाल ओलम्पिक कमिटीसँग सन् २०३० को एसियाली खेलकुद आयोजनाको दावेदारीका लागि औपचारिक रूपमा सहयोग र समर्थनका लागि बिहीबार अनुरोध गरेको छ ।

नेपाल ओलम्पिक कमिटीको सातदोबाटोस्थित कार्यालय भ्रमण गर्नेक्रममा त्यस टोलीले नेपाल ओलम्पिक कमिटीका अध्यक्ष माननीय जीवनराम श्रेष्ठको नेतृत्वमा रहेको नेपाली पक्षसँग दुई पक्षीय सहयोग र सम्बन्धलाई लिएर छलफल पनि गरेको छ । नेपाली टोलीमा उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्य र महासचिव निलेन्द्रराज श्रेष्ठ पनि सम्मिलित थिए । दोहा २०३० एसियाली खेलकुद दावेदारीको लागि  नेपाल आएको १२ सदस्यीय टोलीको नेतृत्व कतार ओलम्पिक कमिटीका महासचिव रसिद जे ए अल्बुनइनले गरेका हुन् ।

टोलीले सन् २०३० को एसियाली खेलकुद आयोजनाका लागि कतारले प्रस्तुत गरेको दावेदारीको विशेष कार्यक्रम पनि प्रस्तुत गरेको छ । कार्यक्रममा अध्यक्ष श्रेष्ठले कतारी टोलीलाई नेपालमा स्वागत गर्न पाउँदा खुसी व्यक्त गर्दै सन् २०३० को एसियाली खेलकुद आयोजनाको कतारी दावेदारीको सफलताको कामना पनि गरे । उनले भने- ‘कतारले यसअघि पनि सन् २००६ मा एसियाली खेलकुदको सफलतापूर्वक आयोजना गरिसकेको छ । खेलकुद विकासमा कतार र नेपाल अपसी सहयोगका लागि वचनबद्ध रहेका छन् ।’

कार्यक्रममा कतारी टोलीका प्रमुख अल्बुनइनले नेपाल आउन पाउँदा खुसी लागेको बताउनु हुँदै आफ्नो देशको दावेदारीमा नेपालको सहयोग र समर्थनका लागि अनुरोध गरे । कतारी टोलीमा एसियाली एथलेटिक्स संघका अध्यक्ष डहलान जमन अल हमद र एसियाली भारोत्तोलन संघका अध्यक्ष मोहम्मद युसेफ अल मन पनि थिए ।


कस्तो लाग्यो ?

यो पनि