जेठ ०३, २०८१, बिहीबार
               

इङ्लिस प्रिमियर लिग फुटबलमा वेष्टह्याम युनाइटेड २–१ गोलले विजयी

नेपाल फ्ल्यास
मंसिर १६, २०७७

ADVERTISEMENT

एजेन्सी । गएराति सम्पन्न भएको इङ्लिस प्रिमियर लिग फुटबलमा वेष्टह्याम युनाइटेड २–१ गोलले विजयी भएको छ । वेष्ट ह्यामले एस्टन भिल्लालाई २–१ गोलले हराएको हो ।

उक्त खेलमा वेष्ट ह्यामका एङ्गेलो ओग्बोन्नाले खेलको दोस्रो मिनेटमै गोल गरेर टिमलाई अग्रता दिलाए । एस्टन भिल्लाका ज्याक ग्रिलिसले २५ औँ मिनेटमा गोल गरेपछि पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो । 

दोस्रो हाफ सुरु भएलगत्तै जार्रोड बोवेनले गोल गर्दै वेष्ट ह्यामका लागि २–१ को जित दिलाएका थिए । यस जितसँगै वेष्ट ह्याम १७ अंकसहित अंक तालिकाको पाँचौँ स्थानमा प्रवेश गरेको छ । यता एस्टन भिल्ला भने १० औँ स्थानमा झरेको छ। 
 


कस्तो लाग्यो ?

यो पनि