जेठ ०२, २०८१, बुधबार
               

स्पेनिस ला लिगा फुटबलमा अलाभेससँग रियल मड्रिड २–१ गोलले हार्यो

नेपाल फ्ल्यास
मंसिर १४, २०७७

ADVERTISEMENT

एजेन्सी । स्पेनिस ला लिगाअन्तरगत फुटबल खेलमा अलाभेससँग रियल मड्रिड २–१ गोलको अन्तरले हारेको छ । रियल मड्रिडको घरेलु मौदान स्टेडियो अल्फेडो डी स्टेफानोमा गएराति सम्पन्न भएको उक्त खेलमा घरेलु टोली मड्रिड हारेको हो ।

सो खेलको पाँचौँ मिनेटमै अलाभेसले खेलमा अग्रता लिएको थियो । पेनाल्टीमा पाएको अवसरमा लुकास पेरेजले अलाभेसलाई अग्रता दिलाउँन सफल भए । मड्रिडका इडेन हजार्ड खेलको २८ औँ मिनेटमा खुट्टामा चोट लागेपछि खेलबाट आउट भएका थिए ।

पहिलो हाफमा मड्रिड एक गोलले पछि परेको थियो । दोस्रो हाफमा अलाभेसका लागि जेसेलुले गोल थपेका थिए । उनले ४९ मिनेटमा गोल गरे । यसैगरी घरेलु टोलीको लागि ८६ औँ मिनेटमा कासेमिरोले सान्त्वना गोल फर्काएका थिए ।

यस जितपछि अलाभेस ११ खेलबाट १३ अंक बनाएरअंकतालिककाको १३ औँ स्थानमा पुगेको छ । १० खेलबाट १७ अंक बनाएको रियल मड्रिड अंक तालिकाको चौथो स्थानमा रहेको छ ।
 


कस्तो लाग्यो ?

यो पनि