बैशाख ०८, २०८१, शनिबार
               

सन्दीपलाई पनि कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
मंसिर १३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनी सेल्फ आइसोलेनमा बसेका छन् ।

शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत सन्दीपले आफूलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । 

गत बुधबारबाट कोरोनाको लक्षण देखिएको बताउँदै सन्दीपले संक्रमण पुष्टि भएपछि आफू सेल्फ आइसोलेनमा बसेको जानकारी दिएका छन् ।

आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताउँदै उनले आफू चाँडै मैदान फर्कने उल्लेख गरेका छन् । 

यसअघि नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल लगायत केही खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि