जेठ ०२, २०८१, बुधबार
               

एनओसीद्वारा ११ सदस्यीय स्पोर्ट एण्ड इन्भाईरोमेन्ट कमिसन गठन

नेपाल फ्ल्यास
मंसिर १२, २०७७

ADVERTISEMENT

नेपाल ओलम्पिक कमिटि (एनओसी) ले ११ जना सदस्य रहेन गरी स्पोर्ट एण्ड इन्भाईरोमेन्ट कमिसनको गठन गरेको छ । एनओसीले एक कार्याक्रम गरी कमिसनका ११ जना सदस्यलाई स्वागत गरेको हो ।

स्वागत कार्यक्रममा कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले स्पोर्ट एण्ड ईन्भाइरोमेन्ट कमिसनको काम बारे जानकारी गराएका थिए । जसमा खेलकूद कार्यक्रमसँगै वातावरणीय संरक्षण र वृक्षरोपण कार्यक्रमलाई महत्वपूर्ण रुपमा अगाडी बढाउने विषयमा प्रकाश पारेका थिए ।

कमिसनले आगामी १५ दिन भित्र कमिशनका पदाधिकारीहरुबाट एक्सन नेपालसहितको अर्को बैठक बसी नयाँ कार्य योजना तयार पार्ने बताईएको छ ।

त्यस्तै, अध्यक्ष श्रेष्ठले कमिसनका पदाधिकारीहरुलाई बधाई दिँदै प्रमाण पत्र समेत हस्तान्तरण गरेका थिए । कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरानन्द राज बैद्य तथा महासचिव निलेन्द्र राज श्रेष्ठको उपस्थिती रहेको थियो ।

कमिसनका पदाधिकारीहरुमा डा.सन्जय विक्रम श्रेष्ठ, सगुन राणा, डोल्मा लामा शाह, चन्देशस्वरनन्द राजबैद्य, शंकर गौतम, प्रदिप राजभण्डारी, धर्मामान बज्रचार्या, राजेन्द्र कपाली, प्रितेश श्रेष्ठ, पूर्ण शंकर श्रेष्ठ र गिता शाह रहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि