जेठ ०३, २०८१, बिहीबार
               

हामी आकाशमा सँगै फुटबल खेल्नेछौं डिएगो : पेले

एजेन्सी
मंसिर ११, २०७७

ADVERTISEMENT

अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । कार्डियाक एरेस्ट (हृदयाघात) का कारण उनको बुधबार निधन भएको हो ।

अर्जेन्टिनाको राजधानी ब्युुर्नोस आयर्सबाट उत्तरतर्फ रहेको सान आन्द्रेसस्थित आफ्नै निवासमा म्याराडोनाको निधन भएको हो ।

उनको निधनले अर्जेन्टिना मात्र होइन, संसारका धेरै फुटबल प्रेमी शोकमा छन् । 

धेरैले उनको फुटबल जादुको स्मरण गरिरहेका छन् । उनको निधनमा अर्का हस्ती पेले पनि भावुक बनेका छन् । 

८० वर्षीय ब्राजिली पूर्वस्टार पेलेसँगै म्याराडोना विश्व फुटबल इतिहासकै सर्वाधिक उत्कृष्ट खेलाडी मानिन्छन् ।

अर्जेन्टिनालाई आफ्नो कप्तानीमा १९८६ को विश्वकप जिताएका म्याराडोना पछिल्लो समय जिम्नासिया इग्रिमा ला प्लाटा क्लबको प्रशिक्षक थिए ।

पेलेले म्याराडोनाको निधनप्रति गहिरो दुस्ख व्यक्त गरेका छन् । 

विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘उनीजस्ता साथी गुमाउनुपर्दा निक दुःख लागेको छ । भगवानले उनको परिवारलाई सहने शक्ति दिउन् । यो पक्का छ, कुनै दिन हामी स्वर्गमा सँगै फुटबल हान्नेछौं ।’

‘एक दिन हामीले आकाशमा सँगै बल हान्नेछौं, डियगो । तिमीजस्तो मित्र गुमाउनुपर्दा धेरै दुःखी छु’, पेलेले रोयटर्ससँग पनि भनेका छन् ।

इङल्यान्डका गेरी लिनेकर, अर्जेन्टिनाका निकोलस ट्यागलियाफिक, स्पेनका गुटीलगायत पूर्वस्टारहरुले पनि म्याराडोनाप्रति श्रद्धान्जली व्यक्त गरेका छन् । 


कस्तो लाग्यो ?

यो पनि