विश्व फुटबल महासंघ फिफा बर्षको उत्कृष्ट खेलाडी अर्थात् फिफा द बेष्ट अवार्डका लागि पुरुषमा ११ खेलाडीको मनोनयन सार्वजनिक गरेको छ । जसमा क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी, केलियन एम्बाप्पे, नेयमार, मोहम्मद सलाह, भिर्गिल भान डायक, थिएगो अलकान्त्रा, केभिन डी ब्रुइन, साडियो माने, रोबेर्ट लेवान्दोस्की, सर्जियो रामोस परेका छन ।
यस्तै, महिलातर्फ पनि फिफाले ११ खेलाडीको मनोनयन सार्वजनिक गरेको छ । जसमा लुसे ब्रानी, डेलफिनी कास्कारिनो, कारोलिन ग्राहम, पेरनीली हारदेर, जेनिफर हेरमोसो, जी सोङ योन, साम केर, साकी कुमागे, जेसिनफिर मारोज्सन, भिभिनी मेइडीमा, विन्डी रेनार्ड छन ।
फिफाको उत्कृष्ट गोलकिपरमा महिलामा ६ खेलाडी र पुरुषमा ६ खेलाडी मनोनयनमा परेका छन् । जसमा महिलामा जर्मनीकी एना काटरिन, फ्रान्सकी सराह बोउहाडी, चिलीकी क्रिस्टिनी इन्डलेर, स्विडेनकी हेडभिग, अमेरीकाकी एलिसा नेइहर र इंग्ल्याण्डकी इली रोइबुक छिन ।
यस्तै पुरुषमा ब्राजिलका एलिसोन बेकर, बेल्जियमका थियोबाउट रोर्टियस, कोस्टारिकाका केलोर नाभास, जर्मनीका मानुयल निउर, स्लोभानियाका जान अब्लाक र जर्मनीका मार्क स्टेगेट रहेका छन ।
यस्तै उत्कृष्ट प्रशिक्षकको मनोनयनमा ५ जना रहेका छन भने पुस्कार अवार्डका लागि लुइस स्वारेजसहित ११ जना रहेका छन ।
यो सबै मनोनयनबाट फिफा डिसेम्बर ११ मा शिर्ष तीन जनाको नाम सार्वजनिक गर्नेछ । शिर्ष तीनमा पर्ने खेलाडीका लागि भोटिङ डिसेम्बर नौ तारिखसम्म रहेको छ । फिफाले डिसेम्बर १७ ताखिरमा यो अवार्डको घोषणा गर्नेछ । तर यसपटक यो अवार्ड कार्यक्रम भर्चुअलको माध्यमबाट हुनेछ ।