जेठ ०२, २०८१, बुधबार
               

प्रिमियर लिग फूटबलमा बर्नलीले निकाल्यो पहिलो जीत

नेपाल फ्ल्यास
मंसिर ०९, २०७७

ADVERTISEMENT

एजेन्सी ।  इंग्लिस प्रिमियर लीगअन्तरगतको विश्व फूटबल खेलमा बर्नलीले पहिलोपटक जित निकालेको छ । गएराति भएको उक्त खेलमा बर्नलीले क्रिष्टल प्यालेसलाई १–० गोलले हराउँदै पहिलो जित निकालेको हो ।

घरेलु मैदानमा भएको खेलमा बर्नलीलाई जिताउन क्रिस उडले सानदार गोल गरेका थिए । उनले खेलको आठौँ मिनेटमै गोल गरेका थिए । जारी प्रतियोगितामा पहिलो खेल जितसँगै बर्नली रेलिगेशन जोनबाट एक स्थान माथि पुगेको छ ।

बर्नलीले ८ खेलबाट ५ अंक जोड्दा हारेको क्रिष्टल ९ खेलबाट १३ अंक जोडेर एघारौँ स्थानमा रहेको छ ।लीगअन्तरगत गएराति भएको अर्को खेलमा साउथह्याम्टन र उल्भ्स १–१ गोलको बराबरीमा रोकिएका छन् । 


कस्तो लाग्यो ?

यो पनि