जेठ ०२, २०८१, बुधबार
               

पार्कीले प्राप्त गरे छैटौं नेपालगन्ज म्याराथनको उपाधि

नेपाल फ्ल्यास
मंसिर ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । सशस्त्र प्रहरीका गोपीचन्द्र पार्कीले छैटौं नेपालगन्ज म्याराथनको उपाधि हात पारेका छन् । पार्कीले निर्धारित दूरी दुई घन्टा१८ मिनेट ५९ सेकेन्डमा पूरा गरी सो उपाधि हात पारेका हुन् । शनिबार भएको प्रतिस्पर्धामा प्रथम पुरस्कार हात पारेका पार्की १३ औँ सागका स्वर्णपदक विजेता पनि हुन् ।

नेपालगन्ज म्याराथनका पूर्वविजेता नेपाली सेनाका कृष्ण बस्नेत दोस्रो भए । पहिलो स्थान हात हात पारेसँगै गोपीले ७५ हजार रुपैयाँ हात पारे । दोस्रो भएको बस्नेतले ३० हजार तथा तेस्रो भएको खगेन्द्र भाटले २० हजार रुपैयाँ प्राप्त गरेका छन् । चौथो भएका नवराज साउदले १०, पाचौं भएको ज्ञानप्रसाद भट्टराईले ८, छैटौंले ७, सातौंले ६ र आठौं हुनेले ५ हजार रुपैयाँ प्राप्त गरे ।

 

यो पनि