बैशाख १८, २०८१, मंगलबार
               

राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण १० मंसिरबाट

नेपाल फ्ल्यास
मंसिर ०५, २०७७

ADVERTISEMENT

नेपाल क्रिकेट संघ क्यानले यही १० गतेबाट सुरु गर्ने बन्द प्रशिक्षणमा २२ खेलाडीलाई बोलाएको छ ।

जसमा बसन्त रेग्मीले कमब्याक गरेका छन् । प्रशिक्षक जगत टमाटाको प्रशिक्षणमा हुने टिममा बसन्त करिव डेढ बर्षपछि टिमको प्रशिक्षणमा फर्किएका हुन । यस्तै टिममा रासिद खानले पनि स्थान बनाएका छन । क्यानले पछिल्लो पटक गरेको केन्द्रीय सम्झौतामा रहेका सबै खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ ।

नेपाल सरकारले खेलकुदलाई सुचारु गर्ने अनुमति दिएसँगै क्यानले यहि १० गतेबाट प्रशिक्षण सरु गर्ने भएको हाे । जसका लागि खेलाडीको मंसिर ८ गते पीसीआर परिक्षण गरिनेछ । त्यसमा नेगेटिभ आउने खेलाडीलाई मात्र प्रशिक्षणमा सहभागी गराइने भएको छ । प्रशिक्षणका लागि क्यानले चाँडै नै भारतबाट फिटनेस ट्रेनर पनि ल्याउने तयारी गरेकाे छ । नेपालले विश्वकप लिग क्रिकेट २ अन्तर्गत २०२१ मा ५ वटा सिरिज खेल्ने तालिका रहेकाे छ । जसमा मार्चमा पहिलाे सिरिज खेल्नेछ । कोरोना भाइरसको महामारीका कारण करिव नौ महिनापछि नेपाली क्रिकेट टिमको प्रशिक्षण सुरु हुन लागेको हो ।

ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, पारस खड्का, सन्दिप लामिछाने, शरद भेषवाकर, करण केसी, बसन्त रेग्मी, विनोद भण्डारी, आरिफ शेख, पवन सराफ, अभिना बोहरा र सुवास खकुरेललाई बन्द प्रशिक्षणमा बाेलाइएकाे हाे । त्यस्तै रोहित कुमार पौडेल, कुशल मल्ल, रासिद खान, कमलसिंह ऐरी, सन्दिप जोरा, किशोर महतो र भुवन कार्की गरी २२ जना छन् । 


कस्तो लाग्यो ?

यो पनि