बैशाख १७, २०८१, सोमबार
               

बेल्जियमले डेनमार्कलाई हराउँदै फाइनलमा प्रवेश

नेपाल फ्ल्यास
मंसिर ०४, २०७७

ADVERTISEMENT

एजेन्सी । ​युइएफए नेशन्स लिगअन्तर्गत  फुटबल खेलमा बेल्जियमले डेनमार्कलाई ४–२ गोलले हराउँदै फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको उक्त खेलमा डेनमार्कलाई ४–२ ले हराएर बेल्जियम फाइनलमा प्रवेश गरेको हो । 

आफ्नै घरेलु मैदान र लुकाकुको ठूलो योगदानमा बेल्जियमले शानदार जित हासील गरेको छ । त्यस जितमा लुकाकुले २ गोल गरेका थिए भने  यूरी टिएल्मन्स र केविन डी ब्रुयनाले १र१ गोल हानेका थिए ।

उक्त खेलको तीन मिनेटमै यूरीले गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको १७ औँ मिनेटमा डेनमार्कका जोनास विण्डले बराबरी गोल फर्काएका थिए । पहिलो हाफ १–१ को बराबरीमा टुंगिएको थियो ।

बेल्जियमको लागि दोस्रो हाफको ५७ र ६९ औँ मिनेटमा लुकाकुले दुई गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । खेलको ८६ औँ मिनेटमा बेल्जियमका नासर चाड्लीले आत्मघाती गोल गरेका थिए ।

खेलको ८७ औँ मिनेटमा बेल्जियमका लागि डी ब्रूयनाले गोल गर्दै ४–२ को जित निश्चित गरेका छन् । साथै, इटालीले बोसनिया हर्जगोभिनालाई २–० ले हराउँदै ग्रुप १ मा शिर्ष स्थान हुँदै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

त्यस्तै, ग्रुप २ बाट बेल्जियम शिर्ष स्थानमा रहदै फाइनलमा पुगेको छ । योसँगै लिगको फाइनल समीकरण पूरा भएको छ । गएराति लिग चरणको खेल सकिएसँगै फाइनल खेल्ने चार टीमको टुंगो लागेको छ । चार समूहका विजेता टिम बेल्जियम, फ्रान्स, इटाली र स्पेन फाइनलमा पुगेका छन् । 
 


कस्तो लाग्यो ?

यो पनि