बैशाख १७, २०८१, सोमबार
               

विश्व मैत्रीपूर्ण फुटबल खेलमा इंग्ल्यान्डले आयरल्यान्डलाई ३–० गोलले हरायो

नेपाल फ्ल्यास
कात्तिक २८, २०७७

ADVERTISEMENT

एजेन्सी । वश्व मैत्रीपूर्ण फुटबल खेलमा इंग्ल्यान्डले आयरल्यान्डलाई ३–० गोलले हराएको छ । इंग्ल्यान्डको जितमा घरेलु टिम ह्यारी म्यागुइर, जाडोन सान्चो र डोमिनिक काल्भर्ट लेविनले गोल गरेका थिए ।

पहिलो हाफमा दुई र दोस्रो हाफमा थप एक गोल बनाउँदै इंग्ल्यान्डले आयरल्यान्डलाई हराउन सफल भयो । उक्त खेलको १८ औँ मिनेटमा ह्यारी म्यागुइरले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए ।

खेलको ३१ औँ मिनेटमा सान्चोले गोल गर्दै इंग्ल्यान्डलाई पहिलो हाफसम्म २–० गोलको अग्रता दिलाउन सफल भए । खेलको ५६ औं मिनेटमा इंग्ल्यान्डले पेनाल्टी पायो। डोमिनिकले गोल गर्दै इंग्ल्यान्डलाई ३–० गोलको जित दिलाएका थिए ।

इंग्ल्यान्डले नेसन्स लिगमा आउँदो सोमबार इंग्ल्यान्डले बेल्जियमसँग नेसन्स लिग फुटबलमा भिड्नेछ । त्यस्तै, बिहीबार आइसल्यान्डसँग इंग्ल्यान्डको भिडन्त हुनेछ ।

यो पनि