बैशाख १७, २०८१, सोमबार
               

नेपाल–बंगलादेशबीचको मैत्रीपूर्ण फूटबल खेल आज हुँदै

नेपाल फ्ल्यास
कात्तिक २८, २०७७

ADVERTISEMENT

काठमाडौं । आज नेपाल–बंगलादेशबीचको मैत्रीपूर्ण फूटबल खेल हुने भएको छ । विश्वभर कोरोना भाइरसको महामारी फैलिएपछि आज पहिलो पटक नेपाललाई अन्तर्राष्ट्रिय फुटबल खेल्ले अवसर मिलेको छ ।​

मुजिब बोर्सो फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिजको दुई वटा मैत्रिपूर्ण खेलमा बंगलादेशसँग  नेपाल भिड्न लागेको हो । नेपालले आज पहिलो खेल खेल्नेछ भने दोस्रो खेल आगामी मंसिर २ गते हुने छ ।

बंगलादेशको बंगबन्धु रंगशाला ढाकामा हुने उक्त खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे हुने बताइएको छ । बंगलादेशसँग नेपालले मैत्रीपुर्ण र प्रतियोगिता गरेर १९ पटक खेलिसकेको छ । त्यस खेलमा नेपालले ६ पटक जितेको छ भने १२ खेल हारेको छ । 


कस्तो लाग्यो ?

यो पनि