बैशाख १७, २०८१, सोमबार
               

विश्वकप छनौट : पराग्वे र पेरुविरुद्ध खेल्लान् त मेसी ?

एजेन्सी
कात्तिक २७, २०७७

ADVERTISEMENT

विश्वप्रसिद्ध फुटबल खेलाडी लियोनल मेसी फिफा विश्व कप फुटबल २०२२ को छनोट चरण अन्तर्गत पराग्वे र पेरु दुबै मुलुकका फुटबल समूहसँग खेल्न सक्ने अर्जेन्टिनाका प्रमुख प्रशिक्षक लियोनल स्कालोनीले बिहीबार बताएका छन् ।

लियोनल मेसीको खुट्टाको गोलीगाँठामा चोट लागेका कारण खेल्न नसक्ने भनी चर्चा भइरहेका समय स्कालोनीको उक्त भनाइ आएको हो ।

यसभन्दा पहिले बार्सिलोनाका फरवार्ड खेलाडी मेसीले ब्युनोस आयर्सको ला बम्बोनेरामा बिहीबार पराग्वेसँगको टिमको भिडन्त अगाडि अर्जेन्टिनाको टीमसँग प्रशिक्षणमा सहभागी भएका थिए । 

स्कालोनीले भने, “मेसी आफ्नो खुट्टाको गोलीगाँठा चोटका बाबजुद पनि खेल्दैछन् ।”  

शनिबार बार्सिलोनाका लागि खेल्ने क्रममा खेलको आधा समयसम्म नै चोटका कारण मेसीलाई मैदानमा पठाइएको थिएन । यद्यपि उक्त खेल बार्सिलोनाले रियल बेटिसलाई ५–२ गोल अन्तरले जितेको थियो ।

बार्सिलोनाका ब्यवस्थापक रोनाल्ड कोम्यानले भने, “फरवार्ड मेसीलाई सुरुमा नखेलाउनुको अर्थ उनी स्वस्थ थिएनन् ।” उनले मेसीको शारिरीक अवस्थाबारे विस्तृत विवरण नदिइकनै भने ।

बिहीबार पराग्वेसँग खेलेपछि अर्जेन्टिनी फुटबल समूह अर्को खेलका लागि पेरुको राजधानी लिमा जानेछ ।

अर्जेन्टिना दक्षिण अमेरिकी क्षेत्रको १० टिममध्ये ब्राजिलपछि दोस्रो स्थानमा छ । 


कस्तो लाग्यो ?

यो पनि