बैशाख १७, २०८१, सोमबार
               

आइपिएल खेल्न नपाएका सन्दीपको स्वदेश फर्किएपछि यस्तो ट्विट
तीन सातापछि अष्ट्रेलिया जाने

नेपाल फ्ल्यास
कात्तिक २७, २०७७

ADVERTISEMENT

इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेटको १३ औं संस्करणमा सहभागी भएर नेपाली राष्ट्रिय टिमका सदस्य सन्दीप लामिछाने स्वदेश फर्किएका छन् ।

दिल्ली क्यापिटल्समा आवद्ध भएका आज (सन्दीप) बिहीबार बिहान नेपाल आइपुगेका हुन् । युएईमा भएको आइपिएलमा दिल्लीले फाइनलसम्म पुग्दा १७ खेल खेल्दा सन्दीपले एक खेल पनि खेल्न पाएनन् । 

यसैबीच, बिहीबार स्वदेश फर्किएका सन्दीपले सामाजिक सञ्जालमा ट्विटरमा एक ट्विट गरेका छन् । उनले लेखेका छन्, ‘कथा सकिएको छैन, विस्तारै सुरु हुँदै छ।’

सन्दीपले आइपिएलमा एक खेल खेल्न नपाए पनि आफ्नो खेल जीवन नसकिएको बरु सुरुवात भइरहेकोतर्फ (ट्विटमार्फत) संकेत गरेको बुझ्न सकिन्छ ।

आइपिएलको यस सिजनमा दिल्लीले सन्दीपलाई एक खेल पनि खेल्न दिएन । क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा राम्रो प्रदर्शन गरेका उनले आइपिएलमा मौका नपाउँदा थुप्रै ट्विट गरिरहेका छन् ।

बिहीबार स्वदेश फर्किएका सन्दीप करिब तीन साताको नेपाल बसाइपछि बिग बास लिग (बिबिएल) खेल्न अष्ट्रेलिया जाँदै छन् । 

उनले खेल्ने टोलीको टुङ्गो केही दिनमा लाग्ने सन्दीपको व्यवस्थापन हेर्दै आएका रमन शिवाकोटीले जानकारी दिए । बिबिएल डिसेम्बर १० देखि सुरु हुँदैछ ।


कस्तो लाग्यो ?

यो पनि