जेठ ०१, २०८१, मंगलबार
               

आइपिएल फाइनल खेल सुरु : दिल्लीले टस जितेर पहिला ब्याटिङ गर्दै

नेपाल फ्ल्यास
कात्तिक २५, २०७७

ADVERTISEMENT

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को फाइनलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सविरुद्ध पहिला ब्याटिङ गर्ने निर्णय गरेकाे छ । 

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा दिल्लीका कप्तान श्रेयस ऐरले टस जितेर पहिला ब्याटिङ रोज्ने निर्णय लिएका हुन् । दिल्लीले आज टोलीमा परिवर्तन गरेको छैन । यसअघि सनराइजर्स हैदराबादसँगको खेलमा खेलेका खेलाडीलाई निरन्तरता दिएको छ ।

मुम्बईले टोलीमा एक परिवर्तन गरेको छ । स्पिनर राहुल चाहर घाइते हुँदा जयन्त यादवले मौका पाएका छन् । यसले मुम्बईको स्पिन आक्रामण केही कमजोर हुन सक्छ ।

मुम्बईका तीव्र गतिका बलर ट्रेन्ट बोल्ट दिल्लीसँगको खेलको क्रममा घाइते हुन पुगेका थिए । तर उनी फाइनलका लागि फिट छन् ।

चार पटकको च्याम्पियन मुम्बई पाँचौ उपाधि जित्ने सोचमा छ । समग्रमा मुम्बईले छैटौं आइपिएल फाइनल खेल्दै छ । मुम्बईले सन् २०१३, २०१५, २०१७ र २०१९ मा उपाधि जितेको थियो ।

सन् २०१० मा चेन्नई सुपर किंग्ससँग फाइनलमा पराजित भएको थियो । लिग चरणमा मुम्बई शीर्ष र दिल्ली दोस्रो स्थानमा रहँदै क्वालिफायर खेलेका थिए । 


कस्तो लाग्यो ?

यो पनि