जेठ ०२, २०८१, बुधबार
               

आईपीएलमा हैदरावादलाई १७ रनले हराउँदै दिल्ली पुग्यो फाइनलमा

नेपाल फ्ल्यास
कात्तिक २४, २०७७

ADVERTISEMENT

काठमाडौं । युएईमा भइरहेको विश्व चर्चित आईपीएल क्रिकेट खेलमा हैदरावादलाई १७ रनले हराउँदै दिल्ली क्यापिटल्स पहिलो पटक फाइनलमा पुगेको छ । १३औँ संस्करणको लिगको क्वालिफायरमा दिल्लीले सनराइजर्स हैदरावादलाई हराउँदै फाइनल प्रवेश गरेको हो ।

एलिमिनेटरमा बैंगलोरलाई हराएको हैदरावादको तेस्रो पटक फाइनलमा पुग्ने लक्ष्यमा सफल भएन । २०१६ को च्याम्पियन हैदरावाद २०१८ मा फाइनलमा चेन्नाईसँग पराजित भएको थियो ।

अब दिल्लीले यस खेलको उपाधिका लागि सर्वाधिक ४ पटकको विजेता मुम्बई इन्डियन्ससँग भीड्न पर्नेछ । पहिलो क्वालिफायरमा दिल्ली मुम्बईसँगै ५७ रनले पराजित भएको थियो । यस सिजन लिग चरणमा २ र प्लेअफमा १ गरी ३ पटक मुम्बईसँग दिल्ली हारिसकेको छ । फाइनलमा त्यसको बदला लिँदै पहिलो पटक उपाधि जित्ने अवसर दिल्लीसामु रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि