जेठ ०१, २०८१, मंगलबार
               

हैदराबादलाई १९० रनको विशाल लक्ष्य

नेपाल फ्ल्यास
कात्तिक २३, २०७७

ADVERTISEMENT

दुबइमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी क्वालिफायर्स खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई रनको १९० रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । फाइनलमा प्रवेश गर्नको लागि आजको खेल जित्नै पर्ने भएकाले दुबै टिम प्रतिष्पर्धामा छन् ।

अबुधाबीस्थित शेख जायेद स्टेडियममा टस जितेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १८९ रन बनाएको हो।

दिल्लीका ओपनर शिखर धवन र मार्कस स्टोइनिसले ८६ रनको साझेदारी गर्दै दिल्लीको स्कोर उकासेका थिए । दिल्लीलाई ठूलो स्कोर दिलाउन शिखर धवनले सर्वाधिक ७८ रन बनाउँदा सिमरोन हिममायरले अभिजित ४२ रन बनाए ।

त्यस्तै मार्कस स्टोइनिसले ३८ रन बनाउँदा कप्तान श्रेयस ऐय्यरले २१ रन जोडे । हैदराबादका लागि जेसन होल्डर, सन्दीप शर्मा र राशिद खानले समान १/१ विकेट लिए ।


कस्तो लाग्यो ?

यो पनि