जेठ ०३, २०८१, बिहीबार
               

फुटबलमा बार्सिलोनासँग रियल बेटिस ५–२ गोलले हार्यो

नेपाल फ्ल्यास
कात्तिक २३, २०७७

ADVERTISEMENT

एजेन्सी । विश्व फुटबलमा बार्सिलोनासँग रियल बेटिस ५–२ गोलले हारको छ । स्पेनिस ला लिगा अन्तरगतको उक्त फुटबल खेलमा बार्सिलोनाले सहजै जित हासील गरेको हो । गत शनिबार यी दुई समूहबीच भीडन्त भएको थियो ।

उक्त खेलमा बार्सिलोनालाई जिताउन कप्तान लियोनल मेस्सीले दुई गोल गरेका थिए । यसैगरी, ओसमान डेम्बेले, एन्टोनी ग्रिजम्यान र पेड्रीले समान एक–एक गोल गरेका थिए । साथै, रियल बेटिसको लागि एन्टोइन सराविया र मोनोन गेरासियाले एक–एक गोल गर्न सफल भएका थिए ।

पहिलो हाफ १–१ गोलको बराबरी खेलेको बार्सिलोनाले दोस्रो हाफमा चार गोल गरेको थियो । ४९ औँ मिनेटमा ग्रिजम्याननले गोल गर्दै बार्सिलोनाको अग्रता २–१ गोल बनाउन सफल भए । 

सो खेलमा बार्सिलोनाको लागि कप्तान लियोनल मेस्सीले  ६१ औँ मिनेटमा गोल गर्दै टिमको अग्रता ३–१ गोल बनाएका थिए । यस जितसँगै बार्सिलोनाले ७ खेलबाट ११ अंक जोडेको छ भने अंक तालिकाको आठौं स्थानमा रहेको छ । यस्तै, पराजित बेटिस १२ अंकसहित तालिकाको सातौँ स्थानमा रहेको छ । 


कस्तो लाग्यो ?

यो पनि