जेठ ०३, २०८१, बिहीबार
               

आइपीएलमा हैदरावादले बैंग्लोरलाई ६ विकेटले हराएर क्वालिफायर्समा पुग्यो

नेपाल फ्ल्यास
कात्तिक २२, २०७७

ADVERTISEMENT

एजेन्सी । विश्व चर्चित इन्डियन प्रिमियर लिगअन्तरगतको क्रिकेट खेलमा रोयल च्यालेञ्जर्स बैंग्लोरलाई ६ विकेटले हराउँदै सनराइजर्स हैदरावाद क्वालिफायर्समा पुगेको छ । अबको खेलमा हैदरावादले फाइनल पुग्नको लागि दिल्ली क्यापिटल्र्ससँग भीड्नु पर्नेछ । सुरुमा टस हारेर पहिला ब्याटिङ गरेको बैंग्लोरले निर्धारित ओभरमा ७ विकेट गुमाएर १३१ रन बनाएको थियो ।

नराम्रो सुरुवात गरेको बैंग्लोरले ७ रन हुँदा कप्तान विराट कोहलीको विकेट गएको थियो । कोहली ६ रन बनाएर आउट भए । त्यसपछि १५ रन पुगेका बेला देवदत्त पडिक्कल आउट हुन पुगे । साथै, उनि एक रन बनाएर पभेलियनको बाटो लागेका थिए । त्यसपछि आरोन फिन्च र एवि डिभिलियर्सले वैंग्लोरको पारी सम्हालेका थिए भने उक्त टिमको स्कोर ५६ रन भएका बेला फिन्च आउट हुन पुगे ।

उनले ३२ रनको योगदान गरेका थिए । ३० बलमा तीन चौका र एक छक्का प्रहार गरे । मोइन अली खाता नै नखोली रन आउट भएका थिए । उनी आउट हुँदा बैंग्लोरको स्कोर ४–६२ रहेको थियो । शिबम दुवेले पनि ठूलो पारी खेल्न सकेनन् । ८ रन बनाएर उनी आउट हुँदा १३ बल फेस गरेका थिए । एवि डिभिलियर्सले भने बैंग्लोरका लागि अर्धशतकीय पारि खेले ।

५६ रन बनाएका एबीले ४३ बलमा ५ चौका प्रहार गरेका थिए । वासिंगटन सुन्दर पाँच रनमा आउट हुँदा अन्तिमसम्म क्रिजमा टिकेका मोहमद सिराजले १० तथा नवदीप सैनीले ९ रनको अभिजित पारि खेले । जेशन होल्डरले तीन तथा टी नटराजनले २ विकेट लिए । आजको विजेताले फाइनल प्रवेशका लागि दिल्ली क्यापिटल्ससँग खेल्ने छ ।

जवाफमा हैदरावादले १९ ओभर चार बलमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । खराव सुरुवात गरेको हैदरावादले मात्र दुई रनमा पहिलो विकेट गुमायो । उसका ओपनर श्रीभाट्स ग्वस्वामीले खाता खोल्न सकेनन् । त्यसपपछि ४३ रनमा दोस्रो विकेट गुमाएको हैदरावादले ५५ रनमा तेस्रो विकेट खेर फाल्यो । त्यसपछि ६७ रनमा चौथो विकेट गुमायो ।

हैदरावादका लागि डेविड वार्नरले १७ रन बनाए भने मनिश पाण्डेले २४ रनको योगदान गरे । यस्तै प्रियम गार्ग सात रनमा आउट भए । हैदरावादको जितमा केन विलियम्सनले अर्धशतकीय पारी खेले । उनले ५० रन बनाए भने जेसोन होल्डरले अविजीत २४ रनको योगदान गरेका थिए । यस हारपछि विराट कोहलीको टिम बै‌ंग्लोर प्रतियोगिताबाट बाहिरीन पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि