जेठ ०३, २०८१, बिहीबार
               

फुटबलमा आर्सनलद्वारा माेल्दे ४-१ गोलले पराजित

नेपाल फ्ल्यास
कात्तिक २१, २०७७

ADVERTISEMENT

एजेन्सी । विश्व फुटबलमा आर्सनलद्वारा माेल्दे ४–१ गोलले पराजित भएको छ । समूह चरण अन्तर्गत बिहीबार राति भएको उक्त खेलमा आर्सनलले नर्वेको मोल्डे एफकेलाई ४–१ गोल अन्तरले पराजित गरेर सहजै जित हासील गरेको हो ।

इमिरेट्स स्टेडियममा भएको सो खेलको २२ औँ मिनेटमा मार्टिन एलिङ्सेनले गोल गर्दै मोल्डेलाई अग्रता दिलाउन सफल भए । तर, ४५ औँ मिनेटमा मोल्डेका क्रिस्टोफर हौगेनले आत्मघाती गोल गरेपछि खेल १–१ को बराबरी पुग्योखेलको ६२ औं मिनेटमा शेरिफ सिन्यानले आत्मघाती गोल गर्दा आर्सनलले २–१ को अग्रता बनाएको थियो ।

७० औँ मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई ३–१ को अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८८ औँ मिनेटमा जोसेप विललकले गोल गर्दै आर्सनललाई ४–१ को जित दिलाएका थिए । यस जितसँगै आर्सनलले समूह चरणमा अपराजित यात्रा कायम गरेको छ ।
 


कस्तो लाग्यो ?

यो पनि