जेठ ०३, २०८१, बिहीबार
               

बंगलादेशसँग मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टिम ढाका प्रस्थान

नेपाल फ्ल्यास
कात्तिक २०, २०७७

ADVERTISEMENT

काठमाडौं । बंगलादेशसँग दुई मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टिम ढाका प्रस्थान गरेको छ ।हिमालयन एयरलाइन्सको विमानबाट सो टिम बिहीबार ढाका प्रस्थान गरेको हो । 

ढाका पुगेपछि नेपाली फुटबल टिमले पाँच दिन आइसोलेसनमा बसेपछि कोरोना टेष्ट हुनेछ ।सोपश्चात् मात्रै नेपालले बंगलादेशसँग  नोभेम्बर १३ र १७ मा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । सो टिमको कप्तानी कप्तानी किरण चेम्जाेङले गर्नेछन् । 

राष्ट्रिय टोलीमा परेका खेलाडी: किरण चेम्जोङ (कप्तान) भरत खवास,सरोज दाहाल, सुबास गुरुङ, तेज तामाङ, अजित भण्डारी, रवी पसवान, छिरिङ्ग गुरुङ, अनन्त तामाङ, बिक्रम लामा, दिलेन लोक्तान छन् ।

यस्तै, विशाल श्रेष्ठ, सुजल श्रेष्ठ, रन्जित धिमाल, सुमन अर्याल, नवयुग श्रेष्ठ, सेशेहाङ आङदाम्बे, जर्ज प्रिन्स कार्की, विकास खवास, अन्जन विष्ट, पुजन उपरकोटी, विमल राना,दीप कार्की, एरिक विष्ट, दर्शन गुरुङ छन् ।

यसपटक टिममा ८ जना नयाँ खेलाडीले माैका पाएका छन । यसपटक घोषणा गरिएको टोलीमा एरिक विष्ट, विकास खवास, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्ताम, पुजन उपरकोटी, सेसेहाङ आङदेम्बे र छिरिङ गुरुङ पहिलो पटक टोलीमा परेका हुन् ।

टिममा सहायक प्रशिक्षकमा किरण श्रेष्ठ, गाेलकिपर प्रशिक्षकमा विकास मल्ललाई छन। ढाका जाने २५ खेलाडी एक व्वस्थापक, तीन प्रशिक्षकसहित कुल ३५ जना छन् ।


कस्तो लाग्यो ?

यो पनि