जेठ ०२, २०८१, बुधबार
               

आईपीएलमा आज मुम्बई र दिल्लीको भीडन्त हुँदै

नेपाल फ्ल्यास
कात्तिक २०, २०७७

ADVERTISEMENT

एजेन्सी । विश्व चर्चित इन्डियन प्रिमियर लिग अन्तरगतको आईपीएल क्रिकेट खेलको क्वालिफायरमा आज मुम्बई इन्डियन्स र दिल्ली क्यापिटलको भीडन्त हुने भएको छ ।

युएईमा जारी भइरहेको उक्त खेलको क्वालिफायर–१ आज साँझ ७ः४५ बजे युएईस्थित दुबईको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । त्यस खेल जीत्ने टिम फाइनलमा प्रवेश गर्नेछ भने हार्ने टिमले क्वालिफायर–२ मा इलिमिनिटर विजेतासँग खेल्नेछ ।

इलिमिनिटर शुक्रबार अबुधाबीस्थित शेख जायद रंगशालामा रोयल च्यालेन्जर्स बैंगलौर र सनराइजर्स हैदरावाबीच हुँदैछ । साथै, आइतबार हुने क्वालिफायर–२ मा जित निकाल्ने टिम र क्वालिफायर–१ विजेताबीच आगामी सोमबार दुबईमा यो वर्षको आईपीएल खेलको उपाधिमा भीडन्त हुनेछ ।


कस्तो लाग्यो ?

यो पनि