बैशाख १३, २०८१, बिहीबार
               

आइपिएलमा हैदरावादले मुम्बईलाई १० विकेटले हरायो

नेपाल फ्ल्यास
कात्तिक १९, २०७७

ADVERTISEMENT

काठमाडौं । आइपिएल क्रिकेट खेलमा हैदरावादले मुम्बईलाई १० विकेटले हराएको छ । गए राति युएईमा भएको उक्त १३ औँ सिजनको आइपिएल अन्तर्गत लिग चरणको अन्तिम खेलमा मुम्बईलाई हराएर हैदराबादले १० विकेटको विजयी हासील गरेको हो ।

यस जितसँगै हैदराबाद ‘प्लेअफ’मा उक्लिएको छ । हैदराबादसँगै आइपिएल २०२० को ‘प्लेअफ’मा मुम्बई, दिल्ली र बैंग्लोर पुगेका छन् । मुम्बईको १५० रन पछ्याएको हैदराबादले १७.१ ओभरमा बिना विकेटको क्षतिमा लक्ष्य गुमाएर जित हासील गरेको हो ।

त्यसको लागि ओपनिङ ब्याट्सम्यानद्वय डेविड वार्नर र ऋद्धिमान साहले उत्कष्ट ब्याटिङ गरेका थिए । वार्नरले ५८ बलमा १० चौका र १ छक्कासहित अविजित ८५ र साहले ४५ बलमा ७ चौका र एक छक्कासहित नटआउट ५८ रनको योगदान दिएका थिए ।

यसअघि युएईको शारजाहमा टस हारेर ब्याटिङको मौका पाएको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । त्यसको लागि सूर्यकुमार यादले ३६, इशान किशनले ३३, क्विन्टन डिककले २५ रनन बनाएका थिए ।

साथै, किरण पोलार्डले २५ बलमा २ चौका र ४ छक्कासहित ४१ रनको योगदान दिएका थिए भने पोलार्डले १९ औँ ओभरमा तीन बलमा लगातार तीनपटक छक्का प्रहार गरे ।
 


कस्तो लाग्यो ?

यो पनि