जेठ ०३, २०८१, बिहीबार
               

गुल्मीमा अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला निर्माण हुँदै

नेपाल फ्ल्यास
कात्तिक १८, २०७७

ADVERTISEMENT

तम्घास । गुल्मीको इस्मा गाउँपालिका–६ अमरपुरस्थित बुल्ममा सहिद लखन थापाको नामबाट फुटबल रङ्गशालाको निर्माण सुरु भएको छ ।

गत वर्ष सामान्य रुपमा काम भएतापनि यस वर्षबाट भने रङ्गशाला निर्माणको काम तीव्र गतिमा भइरहेको हो ।

‘सहिद लखन थापा स्मृति रङ्गशालामा’मा अहिलेसम्म पर्खाल लगाउने, फुटबल ग्राउण्ड तयार गर्ने र दुवो रोप्नेलगायत काम भएका छन् । राष्ट्रिय खेलकूद परिषद्‌मार्फत रङ्गशालाको पहिलो चरणको काम सम्पन्न भएको छ ।

रङ्गशाला निर्माणका लागि आर्थिक वर्ष २०७४/०७५ मा उपभोक्तामार्फत १८ लाख रुपैयाँ र आव २०७५/०७६ मा दुई करोड ८० लाख रुपैयाँ खर्च भएको छ ।

दोस्रो चरणमा आवश्यक भौतिक संरचनाको कामका लागि राष्ट्रिय खेलकुद परिषद्ले वोलपत्र आह्वान गरिसकेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डिल्ली विश्वकर्माले जानकारी दिए ।

खेल मैदानमा रोपिएको दुवोलाई सिँचाइको लागि चार किलोमिटर टाढाबाट पानी ल्याइएको छ । कुल १०५ मिटर लम्बाइ र ६८ मिटर चौडाइ रहेको सो फुटबल मैदान १५ हजार दर्शक अटाउने क्षमताको छ । सो रङ्गशालालाई मदन भण्डारी राजमार्गले छोएको छ ।

रङ्गशाला नजिकै विपन्न तथा कुमाल बस्ती, इस्मा गाउँपालिकाको सेरामिक्स र धुर्कोट गाउँपालिकाको वस्तुस्थित विचित्र गुफा छन् । गाउँमै अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण हुने भएपछि स्थानीयवासीमा उत्साह देखिएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि