जेठ ०२, २०८१, बुधबार
               

घरेलु मैदानमा ओलम्पियाकोससँग सिटीको भिडन्त

एजेन्सी
कात्तिक १८, २०७७

ADVERTISEMENT

च्याम्पियन्स लिगको समूह चरणको खेलमा आज राति म्यानचेस्टर सिटीले ओलम्पियाकोससँग प्रतिस्पर्धा गर्दैछ । 

समुह सी अन्तर्गतको खेलमा सिटीले घरेलु मैदानमा ओलम्पियाकोससँग खेल्ने लागेको हो । 

आजको खेलमा सिटीका गाब्रियल जिससले खेल्ने पक्का जस्तै छ । ब्राजिलियन खेलाडी जिसस गत सेप्टेम्बरपछि पहिलो पटक मैदानमा देखिने सम्भावना बलियो रहेको छ । उनी थाईको चोटका कारण आराममा थिए । 

तर प्रशिक्षक पेप ग्वार्डियोलाले उनी खेल्ने नखेल्ने एकिन नभएपनि टिमसँग प्रशिक्षणमा फर्किएको बताए । उनी फिट हुनु टिमका लागि निकै सकारात्मक पक्ष रहेको ग्वार्डियोलाले बताए । 

समुह सी मा सिटीले लगातार दुई खेलमा जित निकाल्दै शिर्ष स्थानमा रहेको छ । 

सिटीका डिफेन्डर नाथन आकी आजको खेलका लागि उपलब्ध भएपनि सर्जियो अगुइरो, फर्नान्डिन्हो, बेन्जामिन मेन्डी भने चोटका कारण खेल्न पाउने छैनन् । 

आजको खेलमा सिटीले जित निकालेमा अर्को चरणमा पुग्नका लागि केहि सहज बाटो बन्नेछ । ग्रिक विपक्षीविरुद्ध सिटीले एकपटक मात्र खेलेको छ । 

जुन सन् २०१० र ११ को युरोपा लिगको अन्तिम ३२ मा खेलको थियो । जसमा सिटीले तीन शुन्यको जित निकालेको थियो । 

युरोपियन प्रतियोगितामा ओलम्पियाकोसले इंग्ल्याण्डमा खेलेका पछिल्ला १६ अवे खेलमा १४ मा हार ब्यहोरेको छ । 

समुह सी मा ओलम्पियाकोसको दुई खेलमा तीन अंक छ ।


कस्तो लाग्यो ?

यो पनि