जेठ ०२, २०८१, बुधबार
               

च्याम्पियन्स लिगमा रियल मड्रिड र इन्टर मिलानबीच प्रतिस्पर्धा

एजेन्सी
कात्तिक १८, २०७७

ADVERTISEMENT

युरोपियन च्याम्पियन्स लिगमा आज रियल मड्रिडले इन्टर मिलानसँग प्रतिस्पर्धा गर्दैछ । रियालको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति पौने दुई बजे सुरु हुनेछ । 

आजको खेलमा इन्टरका स्ट्राइकर रोमलु लुकाकु खेल्ने छैनन् । उनको थाईको चोटका कारण पछिल्लो पटक टिमबाट बाहिर रहेका छन् । २७ बर्षे लुकाकुले यो सिजनमा इन्टरबाट सात गोल गरेका छन् । 

समुह बी मा रहेको इन्टर मिलान आफ्नो समुहमा तेस्रो स्थानमा रहेको छ । लुकाकु नेखेल्ने भएपछि एलेक्सिस सान्चेज भने टिममा फर्किएका छन् । 

यता रियाललाई खेलाडीको चोटको दबाव रहेको छ । पछिल्लो पटक उनका डिफेन्डर इडेर मिलिटाओपनि कोरोना पोजेटिभ भएर आइसोलेट भएका छन् । 

यस्तै आजको खेलका लागि रियालका नाचो, डानी कारभाजेल, युवा प्लेमेकर मार्टिन ओडेगार्ड टिममा हुने छैनन् । 

ला लिगाको दोस्रो स्थानमा रहेको रियालले युरोपियन प्रतियोगितामा भने आफ्नो फर्मलाई सुधार्न सकेको छैन । समुह चरणका दुई खेलमा उसले एक अंकमात्र हात पारेको छ । 

त्यसैले पनि प्रशिक्षक जिनेदिन जिदानले आजको खेल रियालका लागि फाइनल सरह रहेको बताएका छन् । अघिल्ला दुई खेलमा रियालले एक खेल हारेको थियो भने एक खेलमा अन्तिममा गोल गर्दा बराबरी खेलेको थियो ।


कस्तो लाग्यो ?

यो पनि