बैशाख १८, २०८१, मंगलबार
               

डिएगो म्याराडोना फेरि अस्पताल भर्ना

एजेन्सी
कात्तिक १८, २०७७

ADVERTISEMENT

अर्जेन्टिनी पूर्वखेलाडी डिएगो म्याराडोना फेरि अस्पताल भर्ना भएका छन् । यसै साता ६०औँ जन्मदिन मनाएका म्याराडोना के कारणले अस्पताल भर्ना भए भन्ने विषयमा आधिकारिक धारणा बताइएको छैन । 

स्पेनिस पत्रिका मार्काले जनाएअनुसार उनी ला प्लाटाको इपेन्सा इन्सच्युट अस्पतालमा भर्ना भएका छन् । अक्टोबर ३० तारिखमा ला प्लाटाले पाट्रोनोटालाई तीन शून्यले हराएको खेलमा उनी अचानक मैदानबाट बाहिरिएका थिए । उनले आफू सतप्रतिशत फिट नभएको भन्दै रंगशालाबाट बाहिरिएका थिए । 

इएसपिएनले जनाएअनुसार उनले आफू पूर्ण रुपमा ठीक नभएको र मानसिक रुपमा दबाबमा रहेको भन्दै अस्पताल भर्ना हुन पुगेका भनेको छ । खेलाडी जीवनपछि निकै लागुपदार्थको सेवन गरेका म्याराडोनालाई अहिले त्यसको असर उनको शरीरमा देखिरहेको छ । 

म्याराडोनाका निजी फिजिसियनले उनको स्वास्थ्यका बारेमा छिटै सार्वजनिक गर्ने बताइएको छ । प्रारम्भिक अनुमान अनुसार उनको स्वास्थ्यमा त्यस्तो ठूलो गडबडी नभएको जानकारी प्राप्त छ । 

यसअघि पनि खेलकै क्रममा अस्पताल भर्ना भएका थिए ।


कस्तो लाग्यो ?

यो पनि