बैशाख ०७, २०८१, शुक्रबार
               

आइपिएलमा दिल्लीले बैंगलोरलाई ६ विकेटले हरायो

नेपाल फ्ल्यास
कात्तिक १८, २०७७

ADVERTISEMENT

एजेन्सी । इण्डियन प्रिमियर लिग अन्तरगतको आइपिएल क्रिकेट  खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले हराएको छ । गएराति भएको उक्त खेलमा बैंगलोरको १५३ रन पच्छाएको दिल्लीले १९ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्न सफ भयो ।सो खेलमा दिल्लीको लागि आजिख्य रहानेले सर्बाधिक ६० रन बनाएका थिए ।

साथै, शेखर धवनले ५४ रन बनाएका थिए भने​ बैंगलोरका बलर शबाज अहमदले २ विकेट लिएका थिए । यस अघि टस हारेर पहिला ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १५२ रन बनाएको थियो । बैंगलोरको लागि देवदत्त पाडिकलले सर्वाधिक ५० रन बनाए भने एबी डिभीलियर्सले ३५, कप्तान विराट कोहलीले २९, शिभम दुबेले १७, जोश फिलिपले १२ रन बनाएका थिए ।

 दिल्लीका बलर एनरीच नोर्त्जेले ३ विकेट लिए भने कागीसो रबाडाले २ तथा रविचन्द्र आश्विनले एक विकेट लिएका थिए । यस जीतसँगै दिल्ली क्यापिटल १६ अंकसहित प्लेअफमा उक्लिएको छ ।

अब दिल्ली दोस्रो स्थानमा रहदै मुम्बई इण्डियनविरुद्ध पहिलो क्वालिफायर खेल्ने छ । त्यस्तै बैंगलोरले खेल हारेपनि प्लेअफमा पुगेको छ । कोलकोता नाइट राइडर्सको भन्दा रनरेट राम्रो भएका कारण बैंगलोरले प्लेअफको यात्रा सुरक्षित बनाएको छ । यस खेल अन्तरगत आज मुम्बई र हैदरावाद भीड्ने छन् ।  


कस्तो लाग्यो ?

यो पनि