बैशाख १८, २०८१, मंगलबार
               

बैङलोरले दिल्लीलाई दियो १५३ रनको लक्ष्य

नेपाल फ्ल्यास
कात्तिक १७, २०७७

ADVERTISEMENT

दुबइमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी ५५ औं खेलमा रोयल च्यालेन्जर्स बैङलोरले दिल्ली क्यापिटल्सलाई १५३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

अबु धाबीस्थित शेख जायेद स्टेडियममा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको बैङलोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५२ रन बनाएको हो ।

बैङलोरका लागि देबदत्त पाडिकलले सर्वाधिक ५० रन बनाउँदा एबि डिभिलियर्सले ३५ रन बनाए। त्यस्तै कप्तान बिराट कोहली २९ रन बनाउँदा शिवन दुबे १७ र जोस फिलिपे १२ रनमा आउट भए ।

आजको खेलमा जित निकाल्ने टिम प्लेअफका लागि क्वालिफाइ हुने भएकाले दुबै टिम जित निकाल्ने लक्ष्यमा रहेका छन् । 


कस्तो लाग्यो ?

यो पनि