जेठ ०३, २०८१, बिहीबार
               

आईपीएलमा कोलकाताले राजस्थान रोयल्सलाई ६० रनले हरायो

नेपाल फ्ल्यास
कात्तिक १७, २०७७

ADVERTISEMENT

काठमाडौं । आईपीएल क्रिकेट खेलमा कोलकाताले राजस्थान रोयल्सलाई ६० रनले हराएको छ । उक्त खेलमा कप्तान इयान मोर्गानको उत्कृष्ट ब्याटिङ र पेट कमिन्सको कसिलो बलिङले कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ६० रनले हराएको हो ।

कोलकाताको १९२ रन पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३१ रन मात्रै बनाएको थियो । कोलकाताको लागि पेट कमिन्सले चार विकेट लिन । शिवम माझी र वरुण चक्रवर्तीले दुई–दुई विकेट लिएका थिए ।

यस जितसँगै कोलकाताले जारी आईपीएलको प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ । यो जितसँगै कोलकाता आठौं स्थानबाट उक्लिएर चौथो नम्बरमा पुगेको छ भने राजस्थानको यात्रा यहीँबाट टुंगिएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि