जेठ ०४, २०८१, शुक्रबार
               

कोलकातालाई हराउँदै पन्जाब चौथो स्थानमा उक्लियो

नेपाल फ्ल्यास
कात्तिक ११, २०७७

ADVERTISEMENT

किंग्स इलेभेन पन्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) को ४६ औं खेलमा कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको छ ।

कोलकाताले प्रस्तुत गरेको १५० रनको लक्ष्य पन्जाबले १९ औं ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो । पन्जाबको जितमा ओपनर मन्दीप सिंहले अविजित ६६ रन जोडे । 

मन्दीप र क्रिस गेलले दोस्रो विकेटका लागि १ सय रनको साझेदारी गरेपछि पन्जाब सहज जित हासिल गर्न सफल भएको हो । गेलले आक्रामक अर्धशतक प्रहार गर्ने क्रममा २९ बलमा ५१ रन जोडे ।

त्यसअघि शारजाह क्रिकेट रंगशालामा पहिलो ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा ९ विकेट गुमाउँदै १४९ रन जोड्यो । खराब सुरुवात गरेको कोलकातालाई मध्यक्रमका ब्याट्सम्यानले सम्हालेका थिए । पन्जाबका लागि मोहमद शामीले ३ विकेट लिँदा क्रिस जोर्डन र रवि विश्नोईले २-२ विकेट हात पारे । ग्लेन म्याक्स्वेल र मुरुगन आश्विनले १-१ विकेट हात पारे ।

यस जितसँगै पन्जाब तालिकाको चौथो स्थानमा उक्लिएको छ । पन्जाब र कोलकाता दुवैको १२ खेलमा १२ अंक भएपनि नेट रनरेटमा पन्जाब चौथो स्थानमा रहदा कोलकाता पाँचौ स्थानमा रहेकाे छ ।


कस्तो लाग्यो ?

यो पनि