जेठ ०३, २०८१, बिहीबार
               

कोलकाताले पन्जाबलाई दियो १५० रनकाे लक्ष्य

नेपाल फ्ल्यास
कात्तिक १०, २०७७

ADVERTISEMENT

काठमाडौं । सार्जाह क्रिकेट स्टेडियममा सम्मन्न इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइटराइडर्सले किङ्स इलाभेन पन्जाबलाई १५० रनकाे मध्यम लक्ष्य दिएकाे छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले निकै नै खराब सुरुवात गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४९ रन जोडेको हो । कोलकाताले सुरुवाती दुई ओभरमा टोलीको मात्र १० रन हुँदा तीन विकेट गुमाइसकेकाे थियो । 

पहिलो विकेटको रुपमा ओपनर ब्याट्सम्यान नितिस राना शुन्य रनमा ग्लेन म्याक्सवेलको बलमा क्रिस गेलको हातबाट क्याच आउट हुँदै पेभिलियन फर्किदा दोस्रो विकेटको रुपमा ७ रनमो खेलीरहेका राहुल त्रिपाठी आउट भएका थिए । उनी मोहम्मद सामीले गरेको दोस्रो ओभरको चौथो बलमा कप्तान केएल राहुलको हातबाट क्याच आउट हुन पुगेका थिए । 

त्यस्तै तेस्रो विकेटको रुपमा विकेटकीपर ब्याट्सम्यान दिनेश कार्तिक सामीले गरेको दोस्रो ओभरको अन्तिम बलमा कप्तान राहुलको हातबाट क्याच आउट हुँदै शन्य रनमा पेभिलियन फर्किए । त्यसपछि मैदानमा आएको कप्तान इयोन मोर्गन र गिलले कोलकाताको पारी सम्होलेका थिए । दुबैले ८१ रनको साझेदारी गरेपछि प्रतिस्पर्धात्मक योगफल निकाल्न सफल भएकाे हाे ।


कस्तो लाग्यो ?

यो पनि