जेठ ०४, २०८१, शुक्रबार
               

साबिक उपविजेता चेन्नई आईपीएलबाट बाहिरियो

नेपाल फ्ल्यास
कात्तिक १०, २०७७

ADVERTISEMENT

इन्डियन प्रिमियर लिग (आइपिएल) को सर्वाधिक सफल तथा साबिक उपविजेता चेन्नई सुपर किंग्स लिग चरणबाटै बाहिरिने पहिलो टोली बनेकाे छ । 

आइतबार राति राजस्थान रोयल्सले शीर्षस्थानको मुम्बई इन्डियन्समाथि ८ विकेटको जित निकालेसँगै चेन्नई औपचारिक रुपमा बाहिरिएको हो । यस अघिका संस्करणमा लगातार फाइनलमा सहजै स्थान बनाउदै आएको चेन्नई यो पटक खराब प्रर्दशनका साथ बाहिरिएको छ । आइपिएलको इतिहासमा पहिलो पटक चेन्नई लिग चरणबाट बाहिरिन पुगेको हो ।

चेन्नई सन् २०१०, २०११ र २०१८ गरी तीन पटककाे उपाधि बिजेता हुन् । पाँच पटक फाइनलमा पराजित भएको थियो । यस अघि चेन्नईले खेलेका १० संस्करण मध्य दुई सिजनमा मात्र फाइनलमा पुग्न सकेको थिएन ।

चेन्नई लिग चरणका दुई खेल बाँकी हुँदा १२ खेलमा ८ खेलमा हार र ४ मा जित सहित ८ अंकका साथ बाहिरिएकाे हाे भने चेन्नईले बिहिबार कोलकाता नाइट राइडर्स र आइतबार किंग्स इलेभेन पन्जाबसँग प्रतिस्पर्धा गर्ने छ ।


कस्तो लाग्यो ?

यो पनि