जेठ ०३, २०८१, बिहीबार
               

मुम्बइमाथि राजस्थानकाे शानदार जित

नेपाल फ्ल्यास
कात्तिक १०, २०७७

ADVERTISEMENT

इन्डियन प्रिमियर लिग (आइपिएल) को ४५ औं खेलमा राजस्थान रोयल्सले शीर्षस्थानमा रहेको मुम्बई इन्डियन्समाथि सानदार जित हात पारेको छ ।

राजस्थानले आइतबार राती सम्पन्न खेलमा मुम्बईलाई ८ विकेटले पराजित गर्दै प्ले अफको सम्भावना कायमै राखेको छ । जितका लागि १९६ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले १८.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो ।

त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ रोजेको मुम्बईले २० ओभरमा ५ विकटको क्षतिमा १९५ रन बनाएको थियो । मुम्बईलाई बलियो योगफलमा पुर्याउन तल्लोक्रममा आक्रामक ब्याटिङ गर्दै हार्दिक पान्ड्या २१ बलमा ६० रनमा अविजित रहेपनि टोलीको हार टानए सकेनन् ।

यो जितसँगै राजस्थानको प्ले अफ सम्भावना कायमै रहेको छ । राजस्थानले अव शुक्रबार किंग्स इलेभेन पन्जाबसँग खेल्ने छ । मुम्बईले बुधबार रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्ने छ ।


कस्तो लाग्यो ?

यो पनि