जेठ ०४, २०८१, शुक्रबार
               

चेन्नईसँग बैङलोर ८ विकेटले पराजित

नेपाल फ्ल्यास
कात्तिक ०९, २०७७

ADVERTISEMENT

काठमाडौं  । दुबइमा जारी  १३ औं संस्करणको इन्डियन प्रिमियर लिग क्रिकेटमा चेन्नई सुपर किङ्सले रोयल च्यालेन्जर्स बैङलोरलाई पराजित गरेको छ ।

दुबईमा आज भएको खेलमा चेन्नईले बैङलोरलाई ८ विकेटले पराजित गरेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा बैङलोरले दिएको १४६ रनको लक्ष्य चेन्नईले १८ ओभर ४ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।

चेन्नईको जितमा रुतुराज गायकवाडले अविजित रहदै ६५ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान महेन्द्र सिंह धोनी १९ रनमा अविजित रहे । यस्तै अम्बाती रायडुले ३९ रन जोड्दा फाप डु प्लेसिसले २५ रन बनाए । बैङलोरका क्रिस मोरिस र युजभेन्द्र चाहलले १/१ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बैङलोरले २० ओभरमा ६ विकेट गुमाएर १४५ रन बनाएको थियो । बैङलोरका लागि कप्तान विराट कोहलीले ५० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै एबी डी भिलियर्सले ३९ रन जोडे ।

ओपनर देबदुत पडीक्कलले २२ रन जोड्दा अर्का ओपनर आरोन फिन्चले १५ रन बनाए । चेन्नईका साम करणले ३ विकेट लिए । यस्तै दिपक चाहरले तथा मिचेल स्टानरले १ विकेट लिए ।


कस्तो लाग्यो ?

यो पनि