जेठ ०३, २०८१, बिहीबार
               

हैदराबादविरुद्ध पञ्जाब १२ रनले विजयी

नेपाल फ्ल्यास
कात्तिक ०९, २०७७

ADVERTISEMENT

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा किङ्स इलाभेन पन्जाब विजयी भएको छ । दुबईमा भएको खेलमा सनराइजर्स हैदराबादमाथि पञ्जाबले १२ रनको जित निकालेको हो ।

टस हारेर पहिलो ब्याटिङ गरेको पन्जाबले दिएको १२७ रनको लक्ष्य भेट्न नसक्दा हैदराबाद पराजित भएको हो । हैदराबाद १९ ओभर ५ बलमा अलआउट हुँदै ११४ रनमा समेटियो ।​ 

यो जितसँगै पन्जाबले ११ खेलमा १० अंक जोडेको छ । उसले प्ले अफ सम्भावना जीवितै राखेको छ । तालिकाको छैटौं स्थानमा रहेको हैदराबादले ११ खेलमा ८ अंक जोडेको छ ।


कस्तो लाग्यो ?

यो पनि